१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकामा मात्र २१६ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १४६ पुग्यो


0
Shares

kathmandu valley corona

काठमाडौं, भदौं ६ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र २१६ जना संक्रमित भएका छन् ।

यसरी थपिएकामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या १४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा भएको पिसिआर परीक्षणका क्रममा मृतक ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका, ६८ वर्षीय पुरूष, पर्साका ६१, ५८ र ४८ वर्षीय तीन जना पुरूष छन् ।

यसैगरी बाराका ५८ वर्षीय पुरूष, सिराहाका ६८ वर्षीय पुरूष, मकवानपुरका ५६ वर्षीय पुरूष र भक्तपुर ७३ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा देशभर ६ सय ३४ जना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ ।