१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना भाइरसबाट मृत्यु र संक्रमित हुने यी हुन् शीर्ष दश देश


0
Shares

काठमाडौं, भदौं ६ । विश्व कोरोना भाइरस संक्रमणको महामारीमा फसेको छ ।

गत वर्ष अर्थात् सन् २०१९ को अन्तिम महिना डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा फेला परेको यस भाइरसले ८ महिनाको यस अवधिमा विश्वलाई नै आक्रान्त पारेको छ ।

आठ महिनाको यस अवधिमा विश्वका एक से एक शक्तिशाली भन्ने देश, व्यक्तिदेखि वैज्ञानिकसम्मलाई निरीह बनाएको यस भाइरसले अहिलेसम्म ८ लाख मानिसलाई मृत्युको मुखमा पुर्‍याइसकेको छ ।

परीक्षण भएका मध्ये संसारका २ करोड ३० लाख मानिस यसबाट संक्रमित बनेका छन् । निको हुनेको संख्या १ करोड ५७ लाख रहेको छ । ६६ लाख १५ हजार मानिस भाइरस बोकेर बाचिरहेका छन् ।

जसमा ६१ हजार मानिसको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर डट इन्फोले जनाएको छ । जसमध्ये सबैभन्दा बढी मृत्यु हुने र संक्रमित हुने देश भने यी हुन् ।

क्रसंदेश नाममृतकको संख्याक्रसंदेशको नामशीर्ष संक्रमण
अमेरिका१,७९,०००अमेरिका५७,९९,०००
ब्राजिल१,१३,०००ब्राजिल३५,३६,०००
मेक्सिको५९,०००भारत२९,८५,०००
भारत५६,०००रुस९,५१,०००
बेलायत४१,४००दक्षिण अफ्रिका६,०३,०००
इटाली३५,४००पेरु५,७६,०००
फ्रान्स३०,५००मेक्सिको५,४९,०००
स्पेन२८,८००कोलम्बिया५,२२,०००
पेरु२७,२००स्पेन४,०७,०००
१०इरान२०,५००१०चिली३,९३,०००