
काठमाडौं, भदौ ७ । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा सामान्य कमी आएको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले घटेर ९८ हजार ४ सय कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार ९८ हजार ८०० कायम थियो ।
यस दिन चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार ३४५ कायम भएको महासङ्घले जनाएको छ ।
कोभिड र उपत्यका लगायत मुलुकका धेरै भागमा जारी निशेधाज्ञाका कारण कारोबार भने शून्य जस्तै रहेको व्यवसायीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्