
वीरगञ्ज, भदौ ७ । जिल्ला प्रहरी कार्यालय पर्साका दुई जना कोरोना संक्रमित थुनुवा अस्पतालबाट भागेका छन् ।
नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर अस्पताल गण्डक बहुअरीमा उपचार गराइरहेका दुई जना थुनुवा भागेका हुन् ।
गए राति २ बजे दोश्रो तल्लाबाट अस्पतालको पछाडिको पोखरीमा हामफालेर उनीहरु फरार भएका हुन् ।
उनिहरुलाई वीरगञ्जको आदर्शनगरमा रहेको राणीसती धर्मशालामा राखेर आइसोलेट गर्दै आईएको थियो ।
उनीहरुको स्वासथ्य अवस्थामा समस्या देखिपछि थप उपचारको लागि हेल्थकेयर अस्पतालमा पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्