
काठमाडौं, भदौ ७ । तनहुँ जलविद्युत् आयोजना पहिलो प्याकेजका लागि तीन कम्पनीको बोलपत्र परेको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका हुन् ।
आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेश गरेको र बोलपत्रको प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि एडिबी पठाइएको आयोजनाले जनाएको छ ।
आयोजनाका प्रबन्धक श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सुन्गा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका छन् ।
प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि अगष्टको पहिलो साता एडिबीमा पठाएको र अगष्टभित्रै एडिबीबाट स्वीकृत भएर आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि यस अगाडि बोलपत्र आह्वान भएकामा एशियाली विकास बैंक (एडिबी) ले उक्त बोलपत्र रद्द गरेको थियो ।
पहिलो प्याकेजको ठेक्काका लागि आयोजनाले गत वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो ।
त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चारवटा कम्पनीले बोलपत्र पेश गरेका थिए ।
तर एडिबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको थियो ।
प्रतिक्रिया दिनुहोस्