१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माल्दिभ्समा कोरोना संक्रमित बढ्दै


0
Shares

काठमाडौं, भदौ ८ । दक्षिण एसियाको सानो देश माल्दिभ्समा पनि कोरोना (कोभिड १९) का संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ ।

माल्दिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ संक्रमितहरुको संख्या ६ हजार नाघेको छ ।

दक्षिण एसियाको सानो देश माल्दिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढेका प्राप्त समाचारमा जनाइएको हो ।

यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको स्थानीय मिडियाहरुले जनाएका छन् ।

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार यहाँ संक्रमण हुने व्यक्तिको संख्या ६ हजार ७७९ पुगेको छ ।

अधिकारीहरुले यहाँ बाहिरबाट आएका व्यक्तिहरुबाट कारोना भाइरसको संक्रमण बढ्दै गएको पाइएको पनि बताएका छन् । एजेन्सी