
बुटवल, भदौ ८ । रुपन्देहीमा रहेको लुम्बिनी प्रदेशिक अस्पतालद्वारा संचालित बुटवल कोरोना विशेष अस्पतालमा सोमबारदेखि प्लाज्मा थेरापी सेवा सुरु भएको छ ।
कोरोना अस्पतालमा उपचारत कोरोना संक्रमित बिरामीहरुलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको अस्पालतका फोकल पसर्न डा. सुर्दशन थापाले जानकारी दिनुभयो ।
बिरामीले बुटवलको कोरोना अस्पतालका सवै बेड भरिएका छन् ।
आईसीयूमा १४ जना र आइसोलेसनमा २३ जना रहेका छन् ।
अब यो सेवा शुरु भएपछि कोरोना संक्रमणबाट जटिल अवस्थामा पुगेका विरामीलाई पनि बचाउन सक्ने विश्वास लिइएको डा. थापाले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्