
काठमाडौं, भदौ ८ । काठमाडौं उपत्यकामा हरियो तरकारी तथा फलफूलको मुल्य पछिल्लो १० दिनको अवधीमा झण्डै दोब्बरले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्याकं अनुसार पछिल्लो १० दिन यता हरियो तरकारीको मुल्य प्रतिकेजीमै ९६ प्रतिशत सम्मले बढेको हो ।
उपत्यकासँगै विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञाका कारण तरकारी आयात हुन नसक्दा मुल्य बढेको कालीमाटी तरकारी तथा फलफूल बजारले जनाएको छ ।
यस अवधिमा गोलभेडाको मुल्य ९६ प्रतिशतले वृद्धि भएको छ ।
१० दिनअघि अर्थात साउन ३० गते २८ रुपैयाँ प्रतिकिलो मुल्य कायम भएको गोलभेँडा भदौ ८ गतेसम्म प्रतिकिलो २२ रुपैँयाले बढेर ५५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
यस्तै काँक्रोको मुल्य प्रतिकिलो ५० प्रतिशतले बढेको छ ।
साउन ३० गते १२ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको काँक्रोको थोक मुल्य १८ रुपैयाँ पुगेको ।
यस्तै कागतीको मुल्य ६८ प्रतिशत, घिरौलामा ५५ प्रतिशतले बढेको छ भने परबर र तने बोडीको मुल्य ३५ प्रतिशतले बढेको छ ।
यो समयमा करेला, तामा, च्याऊ लगायतका तरकारीको मुल्य भने केही घटेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्