
तस्विर : फाइल
म्याग्दी, भदौ ८ । म्याग्दीमा अवरुद्ध भएको बेनी-जोमसोम सडक ३५ दिनपछि सुचारु भएको छ ।
गत साउन ५ गते वर्षासंगै आएको बाढी र पहिरोका कारण ठाउँ–ठाउँमा अवरुद्ध सडकको मर्मत सकिएपछि सडक सोमबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
यो सबैभन्दा जोखिमपूर्ण मानिएको दाना काभ्रेभीर खण्डमा विष्फोटक पदार्थ प्रयोग गरी पहिरो फुटाएर सडक मर्मत गरिएको थियो ।
दर्जनौं स्थानमा बाढी–पहिरो र नदी कटानले सडक अवरुद्ध भएको थियो ।
सडक संचालनमा आएपछि मुस्ताङ र उत्तरी म्याग्दीका वासिन्दाहरु खुसी भएका छन् ।
सडक अवरुद्ध हुँदा उत्तरी म्याग्दी र मुस्ताङमा खाद्यान्न ढुवानीका साथै आवत जावतमा समेत समस्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्