१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लिदी पहिरो पीडितलाई स्थानान्तरण गरीर्दै


0
Shares

सिन्धुपाल्चोक, भदौ ८ । सिन्धुपाल्चोकको लिदी पहिरोका कारण विस्थापितहरुलाई स्थानान्तरण गर्ने काम सुरु भएको छ ।

उनीहरुलाई जुगल गाउँपालिकाको वडा नम्बर १ सेलाङको बाँसखर्कमा स्थानान्तरण गरिएको हो ।

गाउँपालिका, सुरक्षाकर्मी र विभिन्न सरकारी तथा गैह्रसरकारी संघसंस्थाको सहयोगमा ८० वटा टहरा निर्माण गरिएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङले जनाकारी दिनुभएको छ ।

उहाँले तयार पारिएको टहरामध्ये ६० घरधुरीलाई हस्तान्तरण गरेको जानकारी दिनुभएको छ ।

लिदीका १ सय ७२ घरपरिवारमध्ये अहिलेसम्म सार्नुपर्ने पहिचान भएका १ सय २१ परिवारलाई टेन्टमा राख्ने गाउँपालिकाले तयारी गरेको छ ।

गत साउन ३० गते लिदीमा गएको पहिरोमा हराएका ३९ मध्ये ३३ जनाको शव फेला परेको छ ।

बाँकी ६ जनाको पनि खोजी कार्य भइरहेको छ ।