
काठमाडौं, भदौ ८ । सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार आउँदा २ अर्ब बढीको कारोबार भएको छ ।
उतारचढावबीच बजार परिसूचक नेप्से २१ अंकले उकालो लागेर १४ सय ३१ पुग्यो ।
सोमबार कारोबार भएका सबैजसो समुहमा सुधार आएसँगै नेप्से पनि उकालो लागेको हो ।
जीवन बिमा समुह सबैभन्दा बढी १ सय ६२ अंकले उकालो लाग्दा निर्जिवन बिमा समुह १ सय २८ अंकले बढ्यो ।
सोमबार १ सय ८२ कम्पनीको ४९ लाख २४ कित्ता शेयर २ अर्ब १३ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कोरोना संक्रमणका कारण अनलाईन कारोबारका लागी लगानीकर्ता आफैले युजर आईडी लिएर कारोबार गर्न थालेकोले कारोबार रकम र बजार परिसूचक उकालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
पछिल्लो १५ दिनकै अवधिमा युजर आईडी लिई आफै अनलाईन कारोबार गर्ने १० हजार बढी लगानीकर्ता थपिएको स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्