२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्र बैंकको प्रतिवेदन सार्वजनिक, गत वर्ष ८ खर्ब ७५ अर्ब रेमिटयान्स भित्रियो


0
Shares

काठमाडौं, भदौ ८ । गत आर्थिक वर्ष नेपालमा ८ खर्ब ७५ अर्ब रेमिटयान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याकं अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स भित्रिएका हो ।

अघिल्लो वर्ष रेमिटया्न्स १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु निर्यात ०.६ प्रतिशतले वृद्धि भई ९७ अर्ब ७१ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो निर्यात १९.४ प्रतिशतले वृद्धि भएको थियो ।

यस्तै गत वर्ष कुल वस्तु आयात १५.६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ८० करोड कायम भएको छ ।

गन्तव्यका आधारमा भारततर्फ ११.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४३.५ प्रतिशत र १८.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आर्थिक बर्ष २०७६/७७ मा शोधनान्तरस्थिति २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्ष शोधनान्तरस्थिति रु.६७ अर्ब ४० करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले बचतमा रहेको छ ।