२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पूर्णकालिन अध्यक्ष चयन गर्न कांग्रेसकी अन्तरिम अध्यक्ष गान्धीको केन्द्रीय समितिलाई आग्रह


0
Shares

काठमाडौं, भदौ ८ । भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गर्नुभएको छ ।

उहाँले नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया शुरु गर्न सोमबार आग्रह गर्नुभएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

केन्द्रीय समितिको बैठकमा पूर्णकालिन र देखिने अध्यक्ष चयन गर्न आग्रह गर्नुभएको हो ।

उहाँले आफु अन्तरिम अध्यक्ष भइरहन नचाहेको बताउनुभयो ।

बैठकमा गान्धीपछि बोल्नुभएका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र पूर्वरक्षा मन्त्री ए के अन्टोनीले गान्धीको निरन्तरताको पक्षमा बोल्नुभएको थियो ।

उहाँहरूले गुलाम नाबी असद, आनन्द शर्मा, मुकुल वास्नीकलगायतका प्रमुख नेताहरूले अन्तरिम अध्यक्षलाई दिएको पत्रको आलोचना गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरिम अध्यक्ष गान्धीले असदलाई नयाँ अध्यक्ष बनाउने चाहना देखाउनु भएको छ ।

बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धीले अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई पठाएको पत्रको समयावधिका बारेमा चर्चा गर्नुभएको थियो ।

पार्टीका केही नेताहरुले अन्तरिम अध्यक्ष गान्धी गंगाराम अस्पतालमा उपचार गराइरहेका बेला दिएको पत्रका बारेमा उहाँले ध्यानाकर्षण गराउनुभएको हो ।

भारतमा काँग्रेस पार्टीको नेतृत्वमा राहुल गान्धीलाई नै फेरी ल्याउनु पर्ने माग गर्नेहरुको ठूलो संख्या देखिएको छ ।

निवर्तमान अध्यक्ष गान्धीले गत आम निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नसकेपछि हारको जिम्मेवारी लिदै नैतिकताका आधारमा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो (एजेन्सी)