१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपाले डाक्यो सचिवालय बैठक, १३ गते बस्ने बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल हुने


0
Shares

NCP prime minister kp oli prachanda madhab nepal cabinet reshuffle

काठमाडौं, भदौ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सचिवालय बैठक डाक्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भदौ १३ गते बोलाइएको सचिवालय बैठकको एजेण्डा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदन रहने जानकारी दिनुभएको छ ।

मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच भएको छलफलले बैठक तय गरेको हो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा साउन ३० गते अध्यक्षद्वयले पार्टीको विवाद समाधान गर्न भन्दै कार्यदल बनाएका थिए ।

उक्त कार्यदलले प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली हुने गरी शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।

मंगलबार सोही प्रतिवेदनमाथि दुई अध्यक्षबीच सामान्य छलफल भएको जनाइएको छ । अब सचिवालय बैठकपछि स्थायी कमिटीमा छलफल गरी नेकपाको विवाद सल्टाउने रणनीतिमा प्रधानमन्त्री ओली हुनुहुन्छ ।

कार्यदलमा रहेका अधिकांश सदस्य मन्त्री बन्ने निश्चित भएपछि प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली हुने गरी कार्यदलले प्रतिवेदन दिएको नेकपाकै नेताहरु बताउँछन् ।