१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँका बाढीपीडितलाई राहत


0
Shares

तनहुँ, भदौ ९ । तनहुँको बन्दीपुर गाउँपालिकाले बाढी पहिरोले क्षति पुगेको परिवारलाई राहत वितरण गरेको छ ।

अविरल बर्षाका कारण आएको पहिरोले गत महिना गाउँपालिकाका विभिन्न वडामा क्षति पुर्‍याएको थियो ।

क्षति पुगेका घरका परिवारलाई आज गाउँपालिकाले राहत वितरण गरेको हो ।

गाउँपालिकाले क्षति भएका घरको तथ्याङक संकलन गरि पूर्ण र आंशिक क्षति भएकालाई राहत प्रदान गरेको हो ।

गाउँपालिकाले वडा नम्बर ६ का ५ जना र वडा नम्बर १ का दुई जनालाई आज पहिलो दिन राहत हस्तान्तरण गरेको हो ।

गाउँपालिकाले यस वर्ष विपद व्यावस्थापन कोषमा २० लाख रुपैया विनियोजन गरेकोे गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले जानकारी दिनुभयो ।