१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा २३२ सहित ८५५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १६४ पुग्यो


0
Shares

काठमाडौं, भदौ ९ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसंगै मृतकको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । मृतकमा एक महिला र छ पुरुष हुन् ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८५५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

थपिएकामा काठमाडौं उपत्यकामा दुई सय ३२ जना रहेका छन् ।

जसमा काठमाडौंमा १९९, ललितपुरमा १९, भक्तपुरमा १४, रुपन्देहीमा ६९, सर्लाहीमा ५८, रौतहटमा ४४ तथा धनुषामा ४२ जना संक्रमित थपिएका हुन् ।

हाल सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५० रहेको छ ।

१५ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट मुक्त भएका छन् ।

योसंगै निको हुनेको संख्या १९ हजार १ सय १९ रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको छ ।

हाल देशका मुस्ताङ र हुम्ला जिल्लामा मात्र कोरोना संक्रमित रहेका छैनन् ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.09

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.09#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Tuesday, August 25, 2020