१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णाली नदीमा दुई बालक बेपत्ता


0
Shares

दैलेख, भदौ ९ । मंगलबार दिउँसो कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दैलेख आठविस नगरपालिका भेल्तडी १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका उनीहरु कर्णाली नदी पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएकोे स्थानीयले जानकारी दिएका छन् ।

बेपत्ताको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी हरि बहादुर वलीले जानकारी दिनुभएको छ ।