१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा बढाउन सिफारिस


0
Shares

kathmandu valley corona

काठमाडौं, भदौ ९ । जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले काठमाडौं उपत्यकाभर अर्को एक साता निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले यस्तो सिफारिस गरेको भक्तपुरका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । औपचारिक निर्णय हुन भने बाँकी रहेको उहाँको भनाइ छ ।

सिसिएमसीको सिफारिसबारे काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बैठक गरी निर्णय गर्दैछन् ।

निर्णय सिफारिस बमोजिम नै हुने स्रोतले जनाएको छ । यो अनुसार अब एक साता अर्थात् भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा कायम रहन्छ ।

उपत्यकामा निषेधाज्ञा जारी गरेको बुधबार एक साता हुँदैछ । मेयरहरुले निषेधाज्ञाले कोरोना संक्रमण रोक्न फाइदा पुगेको निष्कर्ष निकालेका थिए ।