३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


लोक सेवा विज्ञापन विवाद फेरि सर्यो सुनुवाई


0
Shares

काठमाडैं, असार ४ । सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी विज्ञापनको विवादका सम्बन्धमा बुधवार हुने भनिएको सुनुवाइ फेरि सरेको छ ।

न्यायाधीश हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडाको ईजलासले लोक सेवा विज्ञापनको विवादमा परेको फरक फरक रिटको एउटै ईजलासबाट सुनुवाइ गर्ने भन्दै छलफल फेरि सारिएको हो ।

यसअघि मंगलवार पनि सर्वोच्चले एउटै ईजलासबाट सुनुवाइ गर्ने भन्दै बुधवारको लागि पेशी तोकेको थियो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै ९ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो ।

आयोगले गरेको विज्ञापन समावेशी सिद्धान्तविपरित भएको दाबी गर्दै सर्वोच्चमा रिट परेका हुन् ।