
काठमाडौं, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमी व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन शुरु गरिएको बताएका छन् ।
कलंकीमा नमुना मालपोत कार्यालय घोषणा गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए ।
“अब मालपोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यालयका ढड्डाहरु, पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने पनि बताए ।
प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने, उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताए ।
“नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठुलो भूमिका छ ” प्रधानमन्त्री ओलीले भने “हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल, सुखी नेपालीको प्राप्तीका लागि प्रविधि मैत्री भएर काम गर्नुपर्दछ । ”
प्रतिक्रिया दिनुहोस्