
लमजुङ, भदौ १० । लमजुङमा कोरोना संक्रमण बढ्दै गएपछि बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७ गते साँझ ६ बजेसम्मको लागि नगरपालिकाको वडा नं. २, ३, ७ र ८ का बजार क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।
जिल्लामा बुधबार मात्र नेपाली सेनामा कार्यरत २० जना र बेँसीशहर नपा वडा नं ७ र ८ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि बजार क्षेत्रमा समेत जोखिम बढेकाले एक हप्ता निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।
जिल्लामा हालसम्म नौ महिलासहित १३९ जना सङ्क्रमितमध्ये नौ महिलासहित १११ जनाले कोरोना जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्