२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाँचथरमा बजार बिहीबारदेखि बन्द


0
Shares

पाँचथर, भदौ १० । पाँचथरको फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यकीय बाहेक सवै बजार पसल बन्द गराउने निर्णय गरेको छ ।

बिहीबार राती १२ बजेबाट अत्यावश्यकिय बाहेक बजार, पसल बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले जानकारी दिनुभयो ।

नगरपालिकामा समेत पछिल्लो समय संक्रिमितको संख्यामा बढ्न थालेको छ ।

यस्तै, पाँचथर जिल्लामा भदौ १२ गतेदेखि सवारी आवागमनमा रोक लगाइएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सवारी आवागमन आगामी भदौ १८ गतेसम्मका लागि रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।