१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कुलमानलाई सामाजिक सञ्जालले दिएको हो नियुक्ति, सरकारले छैनः डा.खतिवडा


0
Shares

kulman dr yubaraj khatiwada electricity authority government

काठमाडौं, भदौं ११ । सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङका पक्षमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा भएको प्रशंसाका बारेमा असन्तुष्टी जनाउनुभएको छ ।

बिहीबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै डा. खतिवडाले सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्नेबारेमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले सरकारले कुनै निर्णय गरि नसकेको बताउनुभयो ।

डा. खतिवडाले भन्नुभयो, ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।’

उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’