
स्याङ्जा, भदौ ११ । स्याङ्जामा जारी निषेधाज्ञा भदौ १८ गतेसम्म थपिएको छ ।
यसअघि भदौ ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
कोरोना संक्रमण नियन्त्रणका लागि सहज परिस्थिति नभएको र संक्रमण फैलिने त्रास कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय थप गरेको जनाएको छ ।
निषेधाज्ञाको समयमा खाद्यान्नका पसलहरू बिहान र बेलुका २ घण्टा खुल्ला गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्