३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


मन्त्रिमण्डल पुनर्गठन चाँडैः दाहाल


0
Shares

पोखरा, असार ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित गरेपछि मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै दाहालले केही मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री केपी ओलीसँग छलफल भईरहेको बताएका हुन् ।

अध्यक्ष दाहालले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहे पनि यो प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उहाँले चाहेको बेला मात्र पुनर्गठन हुने जानकारी दिए ।

आफू पनि पार्टी अध्यक्ष भएकाले बजेटपछि सरकारमा केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको उनले बताए ।
गुठीलगायतका केही विधेयकमा जनताको असन्तोष देखिएको भन्दै दाहालले जनताको असन्तुष्टिलाई देखेर नै विधेयक फिर्ता लिइएको पनि बताए ।

विधेयकबारे सबैलाई समयमै बुझाउन नसक्नु र विधेयक निर्माणका क्रममा सरोकारबालासँग परामर्श नगरिनुको परिणाम अहिलेको अवस्था भएको पनि उनले बताए । सबै गुठीलाई एकै ठाँउमा राखेर हेर्न नमिल्ने उनको तर्क छ ।