
तस्विर : फाइल
पाँचथर, भदौ ११ । पाँचथरका कृषकहरु परम्परागत खेती छाडेर नगदेवाली तर्फ आकिर्षत हुन थालेका छन् ।
बाँझो जमिनको सदुपयोग गर्दै उनीहरुले कफी र चिया खेती गर्न थालेका हुन् ।
खेतबारीमा मात्र नभई बस्ती नजिकको जंगली क्षेत्रमा समेत चिया तथा कफीको विरुवा रोपिएको छ ।
पालिकाको अध्यक्ष होमनाथ थापाले बसाई सराई रोक्न बाँझो जमिनको सदुपयोग गर्दे कृषकले आयआर्जन गर्न सकुन भनेर यो अभियान थालिएको बताउनुभयो ।
यस वर्ष तम्बेवा गाउँपालिकाले निशुल्क ६३ हजार कफीको बिरुवा वितरण गरेको छ ।
पाँचथरमा यस वर्ष २ लाख २ हजार ८ सय ३४ किलो हरियो चियापत्ती उत्पादन भएको चिया तथा कफी बिस्तार आयोजना लालीखर्कका प्रमुख प्रेम थिङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्