२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनकुटामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्बियो


0
Shares

धनकुटा, भदौ ११ । धनकुटामा भदौ ४ गतेदेखि जारी निषेधाज्ञा भदौ १७ गते सम्म लम्ब्याइएको छ ।

कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै जिल्ला भर लागु हुने निषेधाज्ञा थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनुभयो ।

उहाँले निषेधाज्ञाको समयमा पनि विहान ७ बजे देखि १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजेसम्म स्वाथ्य सर्तकता अपनाई खाद्यान्नका पसलहरु खोल्न दिइने बताउनुभयो ।