१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गौरीफन्टाबाट भित्रिने सवारी र नागरिकलाई समय निर्धारण


0
Shares

कञ्चनपुर, भदौ ११ । नेपाल भारत सीमा नाका गौरीफन्टाबाट भित्रिने सवारीसाधन र व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबारदेखि समय निर्धारण गरेको छ ।

नेपाल र भारततर्फ आवतजावत गर्ने सवारीसाधन र व्यक्तिसमेतको अनियन्त्रित ओहोरदोहरबाट कोभिड–१९ भाइरसको सङ्क्रमण फैलिनसक्ने उच्च जोखिम भएकाले प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताउनुभयो ।

सीमा नाकालाई व्यवस्थित बनाउने प्रयोजनका लागि समय निर्धारण गरिएको उहाँको भनाइ छ ।

यसैबीच भारतको गौरीफन्टा नाकासँग जोडिएको नेपाली भूमिको सुरक्षामा खटिएको कैलालीको सुरक्षा टोली बुधवार त्यहाँबाट फिर्ता भएको छ ।

बुधवारदेखि गौरीफन्टा नाका र त्योसँगै जोडिएको डोकेबजार क्षेत्रमा कञ्चनपुरको सुरक्षा टोली खटिएको छ ।

गौरीफन्टा नाका र सीमा क्षेत्रमा खटिएको कैलालीको सशस्त्र प्रहरी र प्रहरीको ठाउँमा कञ्चनपुरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोली तैनाथ गरिएको हो ।

डोकेबजार क्षेत्र कञ्चनपुरको भूभागमा पर्ने भए पनि उक्त क्षेत्रमा हालसम्म कैलालीको प्रहरी र सशस्त्र प्रहरीले ड्युटी गर्दै आएको थियो । रासस