२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मलाई कोरोना भएको छ, सतर्क रहनु–उद्योगी विनोद चौधरी


0
Shares

Binod chaudhary corona industrialist parliamentarian

काठमाडौं, भदौं १२ । उद्योगपति एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

अर्बपति नेपाली उद्योगी चौधरीले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

कोरोना संक्रमण परीक्षण गर्दा संक्रमणको पुष्टि भएको तर आफूमा कुनै लक्षण नदेखिएको पनि ट्वीट्मा चौधरीले जनाउनुभएको छ ।

डाक्टरको सल्लहमा आफू आइसोलेसन(एकान्तवास) मा रहेको भन्दै उहाँले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन आग्रह पनि गर्नुभएको छ ।