१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दैलेखका एकजना पत्रकारलाई कोरोना पोजेटिभ


0
Shares

दुल्लू, भदौ १२ । दैलेखमा शुक्रबार एक पत्रकारमा कोरोना पोजेटिभ देखिएको छ ।

बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय पिसीआर प्रयोगशालामा भएको परीक्षणमा ती पत्रकारमा सङ्क्रमण पुष्टि भएको हो ।

महामारीका बेला सक्रिय ती पत्रकारलाई अहिले सदरमुकामस्थित आइसोलेसनमा राखिएको छ ।

नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष चक्र केसीले सङ्क्रमित पत्रकारलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको बताउनुभयो ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । रासस