१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु, काठमाडौंमा उपत्यकामा मात्र ४१५ संक्रमित


0
Shares

corona valley infection

काठमाडौं, भदौं १२ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभरमा १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । यसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

२४ घण्टाकै अन्तरालमा काठमाडौं उपत्यका मात्र ४१५ जना कोरोना संक्रमित थपिएको मन्न्त्रालयले जनाएको छ ।

जसमध्ये सबैभन्दा बढी काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।
यसैगरी देशभरिका पछिल्लो २४ घन्टामा ९२७ जना नयाँ संक्रमित थपिएका छन् ।