
काठमाडौं, भदौ १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण केन्द्र, प्रदेश र पालिका तहका अस्पतालहरुमा शैया थप गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केन्द्रीय अस्पतालहरुमा १ हजार शैया, प्रदेश स्तरिय अस्पतालमा १ हजार ९ सय ९७ शैया थप गरिएको जानकारी दिनुभयो ।
डा. गौतमले पालिका मातहतमा अस्पतालहरु नरहेका कारण प्रत्येक पालिकाहरुमा ५ वेडको अस्पताल थप गरी ६ सय ५९ पालिकाहरुमा ३ हजार २ सय ४५ शैया थप गरिएको बताउनुभयो ।
मन्त्रालयले थप तीन अस्पताललाई कोरोना संक्रमणको उपचार गराउन स्वीकृति दिएको छ ।
प्रवक्ता डा. गौतमले काठमाडौको कान्तिपुर अस्पताल, जनमैत्री अस्पताल र वीरगंजको नेशनल मेडिकल कलेजलाई सूचीकृत गरिएको जानकारी दिनुभयो ।
मन्त्रालयले २० जनाको प्लाज्मा थेरापीवाट उपचार भएर निको भईसकेको भन्दै मन्त्रालयले कोरोना निको भएका ४२ जनाले प्लाज्मा दान गरिसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्