
लहान, भदौ १२ । कोरोना सङ्क्रमणबाट सिरहाको लहान नगरपालिकाकी एक महिलाको शुक्रबार मृत्यु भएको छ ।
विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत लहान नगरपालिकाकी ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
उहाँमा बिहीबार कोरोना पोजेटिभ देखिएपछि गएराती अस्पताल भर्ना गरिएको थियो ।
श्वासप्रश्वासमा समस्या बढेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा शुक्रबार अपरान्ह मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
योसँगै कोरोना सङ्क्रमणबाट सिरहामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
यसअघि आजै बिहान कोरोना सङ्क्रमण पुष्टि भई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको सुखीपुर नगरपालिका–८ निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि यही भदौ ६ गते धरानस्थित स्वास्थ्य प्रतिष्ठानमा उपचार गराउन गएका पुरुषको भदौ ८ गते कोरोना संङ्क्रमण पुष्टि भएपछि त्यहीँ उपचार भइरहेको र उपचारकै क्रममा उहाँको मृत्यु भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्