
काठमाडौं, भदौं १३ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८६ जना नयाँ संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको बीचमा उपत्यकामा १८६ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।
डा. गौतमका अनुसार काठमाडौँमा १५५ जना संक्रमित भएका छन् । यसैगरी भक्तपुरमा १२ र ललितपुरमा १९ जना नयाँ संक्रमित भेटिएका छन् ।
देशभरमा भने पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ४७१ नमूना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पाइएको हो ।
योसहित हालसम्म संक्रमितको संख्या भने ३७ हजार ३ सय ४० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्