२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोनाबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो, पछिल्लो २४ घण्टामा १२ मृतक थपिए


0
Shares

health ministry corona death

काठमाडौं, भदौं १३ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार थपिएका मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् ।

मृतक तीन जना महिलामा पाल्पा, काठमाडौं र भक्तपुरका छन् भने पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना गरी ८ जना पुरुषको मृत्यु भएको गौतमले जानकारी दिनुभयो ।

हालसम्म कोरोना निको हुनेको संख्या भने २० हजार ५५५ छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १८६ जनामा संक्रमण पुष्टि भएको छ ।