१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आफू कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछाड्ने : भट्टराई


0
Shares

काठमाडौं, भदौ १४ । जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफूले कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछाड्ने चेतावनी दिनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आइतबार ट्वीट गरी सामाजिक सञ्जालका सम्बन्धमा आफ्नो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले पाँच प्रतिवद्धता सार्वजनिक गर्दै सत्य र न्यायको पक्षमा उभिने, शोषित, उत्पीडित, विभेदमा परेकाहरुकोहरुको पक्षमा पैरवी गर्ने, बुझेर बुझ पचाउने ठग र नबुझ्ने बुझ्न नचाहने मुर्खदेखि टाढै बस्ने उल्लेख गर्नुभएको छ ।