१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु


0
Shares

बुटवल, भदौ १४ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आइतबार अपराह्न मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आइतबार साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार बिहान ४.३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही क्लिनिकको आइसोलेशनमा भर्ना भएका सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

कोरोना सङ्क्रमित मृतकमा दीर्घरोगका रुपमा मुटुरोग, मधुमेह र उच्च रक्तचाप रहेको अस्पतालले जनाएको छ ।

यससँगै रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुने नौ जना पुगेका छन् । रासस