१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिभिल अस्पतालमा आन्दोलन


0
Shares

काठमाडौं, भदौ १४ । निजामती कर्मचारी अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका छन् ।

अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आइतबारदेखि आन्दोलन शुरु गरेको हो ।

कर्मचारीहरुले विभिन्न माग लेखिएका ब्यानरहरु सहित अस्पताल अगाडि उभिएर आन्दोलन गरेका छन् ।

माग पुरा नभएसम्म हातमा कालोपट्टि लगाएर काम गर्न कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताउनुभयो ।

आन्दोलनमा नर्स, ल्याबमा काम गर्ने कर्मचारी, अन्य कर्मचारीहरुको सहभागिता रहेको छ ।