
काठमाडौं, भदौ १४ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२२१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।
यो संख्या हालसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सहित नेपालका हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताउनुभयो ।
२० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन् ।
हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पिसिआर भएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्