
नवलपरासी, भदौ १४ । नवलपरासीमा कार्यरत प्रहरीलाई अनिवार्य रुपमा घरेलु औषधि सेवन गर्ने नियम बनाइएको छ ।
जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिदैं गएपछि सबै प्रहरीलाई दैनिक ३ पटक अनिवार्य रुपमा घरेलु औषधि सेवन गर्न लगाइएको हो ।
चौबिसै घण्टा फिल्डमा खटिनु परेको र प्रहरीमा कोरोनाको जोखिम बढेकाले त्यसबाट केही हदसम्म भएपनि सुरक्षित रहन घरेलु औषधि सेवनलाई अनिवार्य गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले जानकारी गराउनुभयो ।
औषधि सेवनका लागि तालिका बनाइएको छ भने सेवन गरे÷नगरेको निरीक्षण गर्न टोली समेत बनाइएको छ ।
उपरीक्षक केसीका अनुसार बिहान उठ्ने बित्तिकै खाली पेटमा गुर्जो तताएर पानी सेवन गर्नुपर्ने छ ।
त्यसको केही समयपछि कागती, मरिच र अदुवा मिसाएको तातो पानी सेवन गर्नुपर्ने छ ।
राति सुत्ने बेलामा बेसार पानीमा मरिच, दाल चिनी र ज्वानो मिसाएर सेवन गर्नुपर्ने छ ।
हरेक दिन तातो पानीमा बेटाडिन राखेर कुल्ला गर्नुपर्ने नियम समेत बनाइएको छ ।
जिल्लाबाट सुरु गरिएको यो नियम मातहतका सबै युनिटमा लागू गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्