
सोलुखुम्बु, भदौ १४ । सोलुखुम्बुको सदुमुकाम सल्लेरीमा पहिलो पटक थाइराइडको उपचार सेवा शुरु गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिका-५ सल्लेरीमा सञ्चालित सोलु हेल्थ केयर सेन्टरले जिल्लामै पहिलो पटक सेवा शुरु गरेको हो ।
ढिलोमा पनि २४ घण्टाभित्र रिर्पोट दिने गरी थाइराइड सेवा शुरु गरेको हेल्थ केयरका प्रबन्ध निर्देशक डा.राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
यसअघि जिल्लावासीले थाइराइड परीक्षणका बाहिरी जिल्लामा पठाउनु पर्ने बाध्यता थियो ।
प्रतिक्रिया दिनुहोस्