१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रमिक ल्याउन चार्टर्डभन्दा नियमित उडान महँगो भएकोमा कमिटीको प्रश्न


0
Shares

काठमाडौं, भदौ १४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवासी समन्वय कमिटीले खाडी क्षेत्रमा रहेका श्रमिक ल्याउन चार्टर्डभन्दा नियमित उडान महँगो भएकोमा प्रश्न उठाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको कार्यकक्षमा आइतबार पर्यटनमन्त्री योगेश भट्टराई, श्रम तथा रोजगारमन्त्री रामेश्वरराय यादव र कमिटीबीचको छलफलमा सरकारले नियमित उडानमा तोकेको टिकट दर चार्टड उडान भन्दा दोब्बर महङ्गो किन गरिएको भन्ने प्रश्न उठाइएको कमिटीका अध्यक्ष युवराज चौलागाईंले बताउनुभयो ।

सरकारले भदौ १६ गतेबाट विभिन्‍न देशमा नियमित उडान सुरु गर्ने भन्दै सार्वजनिक गरेको तालिकामा दुबईबाट चार्टर्ड फ्लाइटमा नेपाल आउँदा ४० देखि ४२ हजार लागेपनि नियमित उडानबाट आउँदा भने ८० हजार तिर्नुपर्ने बनाइएको छ ।

चौलागाईंले खाडीलगायत विभिन्‍न देशबाट सरकारले दैनिक पाँच सय मात्रै यात्रु ओसार्ने नीति लिएकाले यसमा पुनर्विचार गर्नुपर्ने राय राखेको बताउनुभयो ।

चाडपर्व नजिकिएकाले दैनिक पाँच सय मात्रै यात्रु ओसार्दा समस्या निम्तनेतर्फ ध्यानाकर्षण गराइएको हो ।

श्रम गन्तव्य मुलुकमा कतिपय नेपालीको भिसाअवधि सकिएर अलपत्र रहेकोतर्फ पनि प्रवास समन्वय कमिटीले सरकारकाले ध्यानाकर्षण गराएको छ ।