३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


कुमार पौडेलको मृत्युबारे मानवअधिकार आयोगले थाल्यो छानबिन


0
Shares

काठमाडौं, असार ६ । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तकाबारेमा अनुसन्धान थालेको छ ।

सर्लाही नगरपालिका १ मा भएको भनिएको दोहोरो भिडन्तमा नेकपा चन्द समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल मारिएका थिए ।

घटनाबारे अनुसन्धान गर्न केन्द्रीय कार्यालय र प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको आयोगका सचिव वेद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

असार ५ गतेको उक्त घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै टोलीलाई तत्कालै आयोगमा प्रतिवेदन पेश गर्न भनिएको छ ।