१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधुवनीमा झडप हुँदा १७ जना घाईते


0
Shares

सर्लाही, भदौ १५ । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित मधुवनी गाउँमा गए साँझ दुई समुहबीच झडप हुँदा १७ जना घाईते भएका छन् ।

मेला लगाउने विषयमा विवाद हुँदा दुई पक्षबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

झडप नियन्त्रणमा लिन स्थानीय प्रहरी चौकीका प्रहरी र गडहीया डुमरियास्थित ईलाका प्रहरी कार्यालयबाट थप प्रहरी परिचालन गर्नुभएको थियो ।

सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले सामान्य विषयलाई राजनीतिकरण गर्ने प्रवृत्तिका कारण झडप भएको बताउनुभयो ।