२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्वोच्चका अध्ययन समितिको बैठक बिहीबार बस्दै


0
Shares

काठमाडौं, भदौ १५ । सर्वोच्च अदालतबाट गठित न्यायपालिका सुधारसम्बन्धी अध्ययन समितिको बैठक यही भाद्र १८ गते बस्ने भएको छ ।

न्यायालयको समग्र सुधारका लागि गठित दुईवटा समितिको बैठक भाद्र १८ गते बस्ने भएको सर्वोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिनुभयो ।

उहाँले विगतका प्रतिवेदनलाई समेत आधार बनाइ सरोकारवालाको संलग्नतामा न्यायपालिक सुधारका लागि दुबै अध्ययन समितिले कार्य प्रारम्भ गर्ने बताउनुभयो ।

सर्वोच्चले न्यायालय सुधारका लागि विगतमा समेत अध्ययन समिति गठन गरी प्रतिवेदन तयार पारेपनि प्रभावकारी कार्यान्वयन भएको थिएन ।

यसपटक सबै न्यायिक निकायको संलग्नतामा गठित अध्ययन समितिले प्रभावकारी समाधान दिने निरौलाको विश्वास छ ।

विगतमा प्रधानन्यायाधीश तथा मुख्य न्यायाधीशले ईजलाश तोक्दै आएकोमा त्यसमा सुधार ल्याउन प्राविधिक रुपमा स्वचालित पेशी व्यवस्थापनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संयोजकत्वमा एउटा समिति गठन भएको छ ।

यस्तै न्यायालयका विकृति, विसंगति तथा अनियमितता रोकथामका लागि सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा अर्को समिति गठन भएको छ ।