१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लिदी पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुग्यो


0
Shares

काठमाडौं, भदौ १५ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुगेको छ ।

थपतीन जनाको शव सोमबार भेटिएको हो ।

पहिरामा अझै तीन जना बेपत्ता छन् ।

यसअघि ३३ जनाको शव भेटिएको थियो ।

दुई पुरुष र एक महिलाको सोमबार शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

सोमबार प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेका हो ।

हराइरहेकाको खोजी जारी रहेको बताइएको छ ।

लिदीमा गत साउन ३० गते बिहान पहिरो गएको थियो ।