१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यका वरपर पाँच लाख पर्यटक बस्न मिल्ने गरी पूर्वाधार तयार गर्न निर्देशन


0
Shares

काठमाडौं, भदौ १५ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा सोमबार बोर्डका निर्देशकसँगको छलफलमा मन्त्री भट्टराईले उपत्यका आसपास क्षेत्रमा पाँच लाख पर्यटक क्षमताको पर्यटन पूर्वाधार पदमार्ग र साइक्लिङ पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको हो ।

उहाँले प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिँदै नेपाली, हिन्दी, चिनियाँ, अरबी, पोर्चुगाली र स्पेनी भाषामा डिजिटल सामग्री तयार गर्न आग्रह गर्नुभयो ।

मन्त्री भट्टराईले विभिन्न देशका रहेका पर्यटन डेस्कलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका सङ्घसंस्थासँग सञ्जाल विस्तार गर्नसमेत आग्रह गर्नुभयो ।

महामारी अन्त्यपछि पर्यटन उत्थानका योजना बनाउन उहांले आग्रह गर्नुभयो ।