२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


कोरोनाविरुद्धको खोपलाई अनुमति दिन हतार नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी


0
Shares

who warn on vaccine

काठमाडौं, भदौं १६ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार नगर्न सचेत गराएको छ ।

विभिन्न देशले विभिन्न चरणमा खोपको परीक्षण गरिरहेका बेला डब्ल्यूएचओले सबैलाई सचेत गराएको हो ।

डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले सञ्चारकर्मीहरुसँग खोपलाई अनुमति दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताउनुभएको हो ।

सबै देशले परीक्षण पूरा नभए पनि औषधिलाई मन्जुरी दिने अधिकार राख्छन् तर यो कुनै हल्कामा लिने खालको काम नभएको उहाँको भनाइ छ ।

हाल ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको र १४३ खोप अझै पनि प्रि–क्लिनिकल इभोलुसनको चरणमा रहेको डब्ल्यूएचओको भनाइ छ ।

यसैगरी डब्ल्यूएचओले पर्याप्त तयारीविना लकडाउन नहटाउन देशहरुलाई चेतावनी दिएको छ ।

डब्ल्यूएचओले चेतावनी दिँदै भनेको छ– जुन देशमा अझै पनि नयाँ संक्रमित फेला परिरहेका छन्, ती देशहरुले मानिसलाई भेला हुन दिएमा विनाशलाई निम्ता दिएजस्तै हुन्छ ।