
धनकुटा, भदौ १६ । धनकुटामा समुदाय स्तरमै कोरोना संक्रमण फैलदै गएपछि निषेधाज्ञामा थप कडाईं गरिएको छ ।
जिल्ला स्तरीय सिसिएमसिको बैठकले निषेधाज्ञालाई थप कडाईका साथ लागु गर्ने निर्णय गरेको हो ।
बैठकले सार्वजनिक संस्थालगायत सरकारी कार्यालयमा बढीमा ५० प्रतिशत जनशक्ति उपस्थित भई आलोपालोबाट सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
साथै बैंक तथा वित्तिय संस्थालाई समेत अनलाईन सेवा उपलब्ध गराउन भनिएको छ ।
यस अघि भदौ ११ गतेको बैठकले विहान ७ र बेलुका स्वास्थ्य सर्तकता अपनाएर सबै खाले व्यावसाय संचालन गर्न दिने निर्णय गरेको थियो ।
तर १३ जना प्रहरी, बैंकका कर्मचारी, टेलिकमका कर्मचारी र ब्यापारीसहित एकै दिन १९ जनामा संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्