२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ सहित थपिए १०६९ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौ १६ । नेपालमा पछिल्ले २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०६९ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

यो सहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १८ हजार ११२ छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको थियो ।

हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.16

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.16#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Tuesday, September 1, 2020